Posts

कविता संग्रह

पृष्ठ १: रेन संग्रह जब म रातको एकान्तमा  आकाशलाई हेर्छु  एउटा गहिरो सुन्यता पाउँछु  एउटा निसार अन्त्य देख्छु  जीवन जन्म र मृत्युको  बिचमा पनि सायद केहि हो  मा तेही केहि खोजिरहेछु  जीवन एदी यात्रा हो भने  निसंधेह म एउटा सुन्दर मोडमा आईपुगेकी छु  जहाँ मलाई हरेक पल  मुस्कुराउन मन लाग्छ  केवल तिम्रो स्मरण मात्रले  मेरो ओठमा मुस्कान ल्याउँछ  मनमा उत्साह भर्छ  येति टाढा हुँदा पनि  सधैँ संगै भएको  महसुस हुन्छ।  संसार त हिजो पनि तेही थियो  आज पनि तेही छ  तर किन आज सारा संसार  सुन्दर लाग्छ  जीवनको एक एक पल  हजुरसंग बितौना मन छ हजुरसंगै एकाकर भई  हजुर्मै बिलाउन मन छ   तिमि मलाई आफुमा हराउन देउ आफैसंग बिलाउन देउ  जिन्दगीमा प्रतेक आसु हासो तिमिसंगै  बिताउन देउ मलाई तिम्रो मायामा हराउन देउ  पृष्ठ २: मिश्रित संग्रह मलाई डर लाग्छ मेरी मायाको निदोर्षतामा  कोयोबाट भर्खर निस्केकी पुतली उनि, उनलाई यो दुनिया के थाहा... भुवा जस्ता कोमल उनका आकांछयाहरु ,  उनलाई...

कथानक

(A promise of love, a pain of loss and a joy of redemption) अध्याय १ प्राराम्भ  आइफोन ७ प्लस बोकेको पनि २ वर्ष बितिसकेछ- २ वर्ष २ महिना र चानचु।भर्खरै , तेइ आइफोन को मेस्सेन्न्जर आप् मा एउटा  सम्बन्ध तोड्न बाध्य भएँ। नेपालबाट मम्मीले एउटी नर्सको नाम, ठेगाना र फेसबुक प्रोफाइल पठाउनुभो ।हेर्दा अग्ली, पातली, गोरी, हिस्सी परेकी २३ बर्सिए नर्सको प्रोफाइ।  पठाऊन पनि मेस्सेन्न्जर मै - पोहोर साल मेरै पुरानो आइफोन घर पठाको थिएँ- तेइ आइफोन को मेस्सेंजर आप्बाट। मेसो पाउने बितिकै उसको नाम कपी गरें-मेस्सेन्न्जर-मिनिमाईज, फेसबुक-ओपन अनि सर्च-पेस्।ऊ देखा परिन; पातलो कम्मरमा रातो सारी लाएकी,पक्षौरिलाई आधा नाइतोको रक्क्ष्यक बनाई, कालो ब्लाउजलाई छोप्दै देब्रे काधंमाथिबाट पछाडी झारेकी, गलामा सानो लोकेट, दाहिने हातमा गुलाबी फोन र देब्रे हात रुखको हाँगोमा बिसाएकि उनको त्यो प्रोफाइल पिक्चर। ब्याकग्रआउन्दमा मम्मीको मेस्सेजले फोन भाइब्रेत हुदै थियो। म चाहिं प्रोफाईल पिक्चरलाई फूल भिउमा हेर्न थालें- अनुहारमा जुम गर्दै। "एकछिन डिस्टर्ब नगर्दिये हुन्थ्यो नि यो मम्मी पनि। " , मनमनै कराउन थ...