कविता संग्रह
पृष्ठ १: रेन संग्रह
जब म रातको एकान्तमा
आकाशलाई हेर्छु
एउटा गहिरो सुन्यता पाउँछु
एउटा निसार अन्त्य देख्छु
जीवन जन्म र मृत्युको
बिचमा पनि सायद केहि हो
मा तेही केहि खोजिरहेछु
जीवन एदी यात्रा हो भने
निसंधेह म एउटा सुन्दर मोडमा आईपुगेकी छु
जहाँ मलाई हरेक पल
मुस्कुराउन मन लाग्छ
केवल तिम्रो स्मरण मात्रले
मेरो ओठमा मुस्कान ल्याउँछ
मनमा उत्साह भर्छ
येति टाढा हुँदा पनि
सधैँ संगै भएको
महसुस हुन्छ।
संसार त हिजो पनि तेही थियो
आज पनि तेही छ
तर किन आज सारा संसार
सुन्दर लाग्छ
जीवनको एक एक पल
हजुरसंग बितौना मन छ
हजुरसंगै एकाकर भई
हजुर्मै बिलाउन मन छ
तिमि मलाई आफुमा हराउन देउ
आफैसंग बिलाउन देउ
जिन्दगीमा प्रतेक आसु हासो तिमिसंगै
बिताउन देउ
मलाई तिम्रो मायामा हराउन देउ
पृष्ठ २: मिश्रित संग्रह
मलाई डर लाग्छ मेरी मायाको
निदोर्षतामा
कोयोबाट भर्खर निस्केकी पुतली उनि,
उनलाई यो दुनिया के थाहा...
भुवा जस्ता कोमल उनका आकांछयाहरु ,
उनलाई के थाहा- कुन कहिले खरानी हुने हुन...
मेरी माया धेरै सोझी - नाकको टुप्पोमा रिस उनको ,
तेही रिसले हो कि यो मन बाधिएको ,
र बाधिएको उनको हासोमा अनमोल हिराको चमक
र उनको लाज......उफ्फ्...!!!
घरि घरि आईरहने, तिम्रो त्यो याद मन पर्यो ,
सम्झेर तिमीलाई आउने - त्यो हासोको बरियात मन पर्यो ,
आखाको चमक तिम्रो, त्यो मन्द मुस्कान...
र हरेक साथ मन पर्यो ,
घरि घरि आईरहने, तिम्रो याद मन पर्यो।
बिस्वासको कालिको धागो ,
तेही धागो बाध्ने- तिम्रो हात मन पर्यो
सम्झेर तिमीलाई आउने -त्यो हासोको बरियात मन पर्यो।
उसै त तिमीलाई देख्छु हरेक सपनीमा ,
तिम्रै सपना आउने -त्यो हरेको रात मन पर्यो ,
मात्तिदा तिम्रो बोलाईले - तेही बोलाईको हरेक मात मन पर्यो ,
तिमीसंग बिताउने त्यो हरेक रात मन पर्यो ,
रातभरी हुने त्यो हरेक बात मन पर्यो,
घरि घरि आईरहने, तिम्रो त्यो याद मन पर्यो ,
सम्झेर तिमीलाई आउने - त्यो हासोको बरियात मन पर्यो ।
उसो त तिमीलाई भनिराख्नु पर्दैन तिमि ,
कहाँकी अप्सरा होउ भनेर...
उसो त मलाई सोधिरख्नु पर्दैन तिमि ,
मेरो मनमा बसछौ कि भनेर...
कहिँ कतै मेरो मुटु रोकिएमा ,
मेरी मायालुलाई चुम्न लगाउनु मलाई...
म मरेको मान्छे , उहीं जुरुक्क उठ्नेछु ,
मलाई कहीं भेताउन सकेनौ भने...
मेरी मायालुलाई सोध्नु ,
मलाई उनको आखामा पाउनेछौ
उनको ओठमा पाउनेछौ
उनको धुकधुकीमा पाउनेछौ
उनकै सम्झनिमा पाउनेछौ..
अनि म उभिरहें त्यहींभरि... थिन्गो पुत्लासरि...
खुसीले न पाईला सर्यो... न फुट्यो बोलि पनि...
कामेको आवाज थियो उनको... बगेको आखा लिई...
ऊ जब देखा परिन... आखाले पत्याएनन !!!
तेही थीइन उनि... दुई गज पर...
एक फालमै पोत्तिन पुगिन...
म भरि उनि ,
एक सासमै अंगालिन खोजिन ,
समस्त मलाई अनि ,
माया पोख्न पुगिन काँधमा मेरा ,
मेरा काँध भिज्जिदै गए...
उनि रुन्चे स्वोरमा हास्दै गईन
ऊ हास्दै गई !!!
र हावामा झुलेका उनका पाउहरु ,
खै कति बेर भो ...झुलीरहे...
कालको पत्तो भएन यहाँ ,
लाग्यो जिन्दगीभरि झुल्ने इच्छा गरिरहे ...
न नाइँ भन्ने इच्छा भो मेरो नै...
न उनले अरु केहि इच्छा गरिन !!!
गुन्जियो हेर यहाँ चारै तिर देउसी र भैलोको भाका
मोनी र स्वोंन्ति , राम्रो रमाईलोको-यो रउसिको भाका
मम्मी र बुवा, आफ़न्ते नाता- न्यानो नजिकको भाका
सम्झेर ल्याउदा छोरोले आज पर्देशी पिरको भाका
बहिनीको आसिस, घरमा सेल - सोझो सप्तरंगीको भाका
सम्झेर ल्याउदा दाईले आज पर्देशी पिरको भाका
मामाघरेको माया , भेटघात अनि पाकेको पकवानको भाका
सम्झेर ल्याउदा भाँजोले आज पर्देशी पिरको भाका
लंगुर-बुर्जा , जुवा र जुवादी - मासु भुटानको भाका
सम्झेर ल्याउदा साथिले आज पर्देशी पिरको भाका
लागेको हात- बजारे पल्टन, देउराली मेलाको भाका
सम्झेर ल्याउदा प्रेमीले आज पर्देशी पिरको भाका
देशको माया, चाड र पर्व- झिलिमिको भाका
सम्झेर ल्याउदा नेपालीले आज पर्देशी पिरको भाका
यो पर्देशीको पिरको भाका
मनको समुद्रमा आउँदा छालहरु...
ती छालहरु मनले थाम्न नसक्दा
आँखाहरुले घरि घरि चुहाईदिदा
ती नुनिला पीडाहरु...
गुलाबझैँ कोमल गालाम।
ती फुस्रीएका गालाहरु संगसंगै,
उल्टिएका मुस्कान देखिंद...
हासो फुल्ने त्यो अनुहारमा
पोतेको लाली बिग्रिदा...
बाडीले बिगारेको बालिझैँ
डिलहरु भत्किदा...
उसै त बासिने मुटु , क्ष्यमाको भाग्य्दार नहुँदा त
झनै बेस्सरी भासिय...अझै बेस्सरी भासियो !!!
07/25/2021- घमण्डी मायालु (गजल )
खै कुन बाटो बिराएर आईन!
खै कुन बाटो बिराएर आईन,
खोज्दै ठेगाना येही मझेरी माझको
र हत्या गरेर आईन पनि
जुन बाकि थोरै आफ्नो लाजको ।
उनि पूर्ण भएर आईन!
उनि पूर्ण भएर आईन,दुनिया काबु गर्ने सोचमा
नचाउन सबैलाई आफ्नो औलामा
आईन उनि तेही दुनियाको खोजमा
आईन उनि तेही दुनियाको खोजमा।
एक टुक्रा दम्भ अझै उस्तै थियो उनको!
एक टुक्रा दम्भ अझै उस्तै थियो उनको, बदलेकी होलिन भनु
कहाँ हुनु
उ त उस्तै थिईन
सौन्दर्यले भरिएकी, गर्वले सजिएकी ।
सौन्दर्यले भरिएकी उनि खोजछिन् आफ्नै प्रजाहरु
र आफुलाई पुजा गर्नेहरु
रचना गरि आफ्नो रुप नगरी,
आफ्नै रुपको भजन गाउनेहरु,
आफ्नै रुपको भजन गाउनेहरु!
आफु कसैको हुन नचाहे पनि!
आफु कसैको हुन नचाहे पनि,
उ चाहन्छिन् सबै आफ्नो होस् भनि
सबैलाई रुवाएर बस्ने मन उनको
आफु कसैको लागि नरोए पनि
आफु कसैको लागि नरोए पन।
येही सोचछिन् होलिन ऐनामा हेरेर अझै!
येही सोचछिन् होलिन ऐनामा हेरेर अझै,
र तेही संसारको खोजीमा आईपुगछिन्
आईपुगछिन् येही मनको मझेरीमा कतै
येतै कतै बाटो बिराएर उनि
आईपुगछिन् बाटो बिराएर सॅंघै,
आईपुगछिन् बाटो बिराएर सॅंघै!
Comments
Post a Comment