Posts

Showing posts from June, 2020

कथानक

(A promise of love, a pain of loss and a joy of redemption) अध्याय १ प्राराम्भ  आइफोन ७ प्लस बोकेको पनि २ वर्ष बितिसकेछ- २ वर्ष २ महिना र चानचु।भर्खरै , तेइ आइफोन को मेस्सेन्न्जर आप् मा एउटा  सम्बन्ध तोड्न बाध्य भएँ। नेपालबाट मम्मीले एउटी नर्सको नाम, ठेगाना र फेसबुक प्रोफाइल पठाउनुभो ।हेर्दा अग्ली, पातली, गोरी, हिस्सी परेकी २३ बर्सिए नर्सको प्रोफाइ।  पठाऊन पनि मेस्सेन्न्जर मै - पोहोर साल मेरै पुरानो आइफोन घर पठाको थिएँ- तेइ आइफोन को मेस्सेंजर आप्बाट। मेसो पाउने बितिकै उसको नाम कपी गरें-मेस्सेन्न्जर-मिनिमाईज, फेसबुक-ओपन अनि सर्च-पेस्।ऊ देखा परिन; पातलो कम्मरमा रातो सारी लाएकी,पक्षौरिलाई आधा नाइतोको रक्क्ष्यक बनाई, कालो ब्लाउजलाई छोप्दै देब्रे काधंमाथिबाट पछाडी झारेकी, गलामा सानो लोकेट, दाहिने हातमा गुलाबी फोन र देब्रे हात रुखको हाँगोमा बिसाएकि उनको त्यो प्रोफाइल पिक्चर। ब्याकग्रआउन्दमा मम्मीको मेस्सेजले फोन भाइब्रेत हुदै थियो। म चाहिं प्रोफाईल पिक्चरलाई फूल भिउमा हेर्न थालें- अनुहारमा जुम गर्दै। "एकछिन डिस्टर्ब नगर्दिये हुन्थ्यो नि यो मम्मी पनि। " , मनमनै कराउन थ...