कथानक
(A promise of love, a pain of loss and a joy of redemption)
अध्याय १
प्राराम्भ
आइफोन ७ प्लस बोकेको पनि २ वर्ष बितिसकेछ- २ वर्ष २ महिना र चानचु।भर्खरै , तेइ आइफोन को मेस्सेन्न्जर आप् मा एउटा सम्बन्ध तोड्न बाध्य भएँ। नेपालबाट मम्मीले एउटी नर्सको नाम, ठेगाना र फेसबुक प्रोफाइल पठाउनुभो ।हेर्दा अग्ली, पातली, गोरी, हिस्सी परेकी २३ बर्सिए नर्सको प्रोफाइ। पठाऊन पनि मेस्सेन्न्जर मै - पोहोर साल मेरै पुरानो आइफोन घर पठाको थिएँ- तेइ आइफोन को मेस्सेंजर आप्बाट। मेसो पाउने बितिकै उसको नाम कपी गरें-मेस्सेन्न्जर-मिनिमाईज, फेसबुक-ओपन अनि सर्च-पेस्।ऊ देखा परिन; पातलो कम्मरमा रातो सारी लाएकी,पक्षौरिलाई आधा नाइतोको रक्क्ष्यक बनाई, कालो ब्लाउजलाई छोप्दै देब्रे काधंमाथिबाट पछाडी झारेकी, गलामा सानो लोकेट, दाहिने हातमा गुलाबी फोन र देब्रे हात रुखको हाँगोमा बिसाएकि उनको त्यो प्रोफाइल पिक्चर। ब्याकग्रआउन्दमा मम्मीको मेस्सेजले फोन भाइब्रेत हुदै थियो। म चाहिं प्रोफाईल पिक्चरलाई फूल भिउमा हेर्न थालें- अनुहारमा जुम गर्दै। "एकछिन डिस्टर्ब नगर्दिये हुन्थ्यो नि यो मम्मी पनि। " , मनमनै कराउन थालें । भाइब्रेसन नरोके पछि फेरी मेस्सेन्न्जर खोल्न बाध्य भएँ। " मम्मी एकछिन ल , दाईको कल आयो -५ मिनेटमा कल गर्छु। ", टाईप गरेर सॆन्द गरें। "हुन्छ। ", उताबाट रिप्लाई आयो। त्यो "हुन्छ" ले मेरो फोनमा भाइब्रेसन गरिसक्दा , मैले फेसबुक खोलेर उसको प्रोफाइल स्क्रोल गर्न थालिसक्या थिएँ- पुरै २ वर्ष २ महिना र चानचुनको अनुभव लगाएर।
५ मिनेटको बहानामा १५ मिनेट बितिसकेछ, उसको प्रोफाइलमा पब्लिक गरेको ४ ओटा फोटाहरु हेर्दा हेर्दै। ति फोटाहरुबाट अब अरु कुरा थाहा नहुने देखेपछि बाकी कुरा मम्मीलाई नै सोध्ने विचारले मेस्सेन्न्जरमै कल गरें।
"मम्मी, कसको प्रोफाइल पठाउनु भाको हो र?"
"यहाँ मथुरा निनि को छोरि को भदै कि छोरि रे , नर्स पढीराखेकी छे- कुरा गरेर हेर्, मन पर्यो भने बिहेको कुरा चलाउला।"
"उमेर पनि भयो तेरो, गर्लफ्रेन्ड छ कि छैन भन्- बिहे को कुरा बढाउनु पर्यो । " भनेर अग्गिलो हप्ता मात्र मम्मी संग कुरा भाको थियो।
"तेस्तो केहि पनि छैन मम्मी। ", भनेर फर्काको याद छ।
"उसो भए केटि हेर्न थाले हुन्छ, होइन?"
"हुन्छ। "
नभन्दै एक हप्ता पछि नर्स को प्रोफाइल आइपुग्नु-मलाई कुनै नौलो लागेन।
"ल फेसबुकमा अड्ड गरेर कुरा सुरा गर्। हेर्दा त केटि राम्रै देखिन्छे। चिनजान गर्दै गर् केटि ठिक लग्यो भने उसको घरमा कुरा गर्न जाउलां। "
"हस।"
त्यो दिन, दिनभरीमै कम्तिमा पनि १० चोटी त उसको प्रोफाइल खोलेर फोटो हेरें। गोरो अनुहार, गालाहरु स्याप्प्प परेका तेस्माथी उसले लगाएको रातो लिपस्टिकले झनै सुनमा सुगन्ध थप्ने काम गर्दै थियो उसका हरेक फोटाहरुमा। कोइ केटि एति सुन्दर कसरि हुन सक्छ भनेर, म हरेक चोटी उसका फोटाहरु जुम गर्दै केहि दाग-केहि निसान खोज्ने प्रयास गर्थें। अन्तः दिनभरीको त्यो प्रयास बेर्थ्यै गयो। उनको त्यो चम्किलो-गोरो अनुहारमा न मैले कुनै दाग फेला पार्न सकें न कुनै निसान।
जिन्दगिमा पहिलो चोटी कोइ केटिलाई फ्रेन्ड रिकुवेस्ट पथाउन दुईचोटी सोच्नु परेन। उसकै सहमतिमा उसको प्रोफाइल, भदैले एउटा कागजमा लेखेर निनि को छोरिको हातबाट मम्मी सम्म पुर्याउनु भएको थियो।
सो राति सुत्नु अगि, मार्क एल्लिओत जुच्केर्बेर्गले फेसबुकमा "अड्ड वाईफ़" सुविधा थपेको छ कि भनि हेरें। सो कुरा त्यो दिनको दोस्रो निरासापन मा परिनत हुन धेरै बेर लागेन।तेही निरासा र अर्कै हर्सको साथ "अड्ड फ्रेन्ड" मा गरेको त्यो क्लिकले जिन्दगिको नयाँ अध्याय को सुरुवात गर्यो।
अध्याय २
प्रयास
मध्य जून को त्यो रातले प्रकृतिको नियमलाई एकाएक उल्लङ्घन गर्दै म विरुद्ध षडयन्त्र गरेको भान भो ।६ घण्टाको त्यो रातमा १२ पल्ट घडी हेरें, २४ पल्ट कोल्टो फेरें- न जुन दूबछ न सुर्य उदाउन मान्छ। "अड्ड फ्रेन्ड" गरेको पनि ८ घण्टा बितिसक्यो- ८० पल्ट प्रोफाइल खोलेर हेरिसकें - नो रेस्पोन्स!! त्यो दिन तेइ रेस्पोन्स कुर्दै बित्ने देखेर, "घरबाट प्रेस्सर दिन लाउनु पर्ला। " , भनि सोची साझ पख मम्मीलाई तेइ मेस्सेन्न्जरमा कल गरें।
"खै त मम्मी, तपाईको भनौदा बुहारीले त फेसबुकमा अड्ड पनि गरिन, कल गरेर अड्ड गर्न लाउनु त। ", भन्ने चाहना हुदा हुदै आंट गर्न सकिन।
"कुरा भो त ऊ संग?", मम्मी को प्रस्नले घाउ मा फेरी नून छर्किदियो।
"छैन मम्मी, रिक्वेस्ट पठाउनु पर्ने बिर्सेछु।अब पठाउँ खै। ", मेस्सेन्न्जर मिनिमाईज गरेर नाटक गर्न बाध्य भएँ।
"उताबाट केहि खबर आयो त ? मेरो प्रोफाइल दिइसक्नु भाको हो ?"
"त्यो त अस्ति नै दिइसकें।", मम्मी को यो उत्तर ले मलाई एकचोटी सोच्न बाध्य गर्यो।
आफ्नै प्रोफाइल खोलेर हेरें अनि- "प्रोफाईल पिक्चरत राम्रो त् हालेको छु नि? धेरै कालो त देखिएको छैन?दारी मन नपरेको हुन सक्छ। होइन केटिहरुको त धेरै फ्रेन रिक्वेस्ट आउने गर्छन, हेर्न पाकी छैन होला पक्कै। अस्तिनै मेरो प्रोफाइल दिइसकेको रे फेरी किन एक्सेप्त नगरेकी होला। "
म एकजना केटिले फ्रेन रिक्वेस्ट एक्सेप्त नगर्दैमा यसरी छत्पतिने मान्छे त पक्कै थिएन।यो छटपटी, यो बेचैनी किन हो बुझ्न सकिन।
अग्गिलो रातको अनिदोले त्यो रात एक निद्रमै बित्यो।अबेर सम्म मम्मीसंग कुरा गरेको हुनाले फोनमा चार्ज पनि सकिसकेको रहेछ। बिहान फोन चार्जमा राखी ओन मात्र के गरेको उसैको नोतिफिकेसन देखें फेसबुकआप्मा- फ्रेन रिक्वेस्ट एसेप्तेद।
"बल्ल एक्सेप्त गरिछे मोरीले!", मन मनै सोचे। नोतिफिकेसनबाटै म उसको प्रोफाइलमा गएर इन्फो चेक गर्न थालें। उसको ठेगाना, पढ्दै गरेको कलेज र अन्तः उसको इन्स्ताग्राम आइडी। मेस्सेन्न्जरबाट मेसेज पठाउनु भन्दा अगाडी आफ्नो इन्स्ताग्राम खोलें र उसलाई फोलो रिक्वेस्ट पठाएँ। उसका २००९ देखिका फेसबुक पोस्टहरु पछि हेर्ने निधो गरि मेसेज नै पहिला पठाउने फैसला भयो।
"हाई! म रशान। मलाई मम्मी ले तिम्रो आइडी दिनु भाथ्यो कुरा गर्नु भनेर।मेरो बारेमा केहि भन्नु भो त तिम्रो मम्मी बुवाले ?"- अनि सॆन्द।
मेरो मेसेजको रेप्लाई छिटो आउला भनेर कदैब अपेक्क्ष्या थिएन।मेस्सेन्न्जर छोडेर फेसबुक आप् खोल्नै लाग्दा उसको नामको छेऊमा हरियो जुनकिरी बलेको जस्तै पिल्लिक बत्ति बलिहाल्यो र मेसेज पनि सीन भएको देखियो।
"हाई!", उताबाट रिप्लाई आयो ," अँ भन्नुभो। "
एकछिनको असहज मौन पछि मैले नै जमर्को गर्दै सोधें ," के भन्नुभो त ?"
"येही कि तपाई US मा हुनहुनछ र मास्टर्स सकाएर काम खोज्दै हुनहुनछ। "
मेरो बारेमा उसलाई सबै कुरा थाहा नभैसकेको जस्तो लागेर आफ्नो वर्तमान इस्तिथिको बारे भन्ने विचार गरे।
"अरु कुरा गर्नु भन्दा पहिला, आफ्नो बारेमा केहि भन्नु छ मलाई। "
"ओके। "
"म यहाँ अहिले स्तुदेन्त भिसामा छु। ग्रीन कार्ड भैसकेको छैन, काम एउटा मिलेपछि ग्रीन कार्ड बनाउन केहि वर्ष लाग्न सक्छ। तेतिन्जेल हामी एकअर्कालाई बुझ्ने प्रयास गरूम, के भन्छौ?", मैले प्रस्न गरें।
"ओके।"
उसको केवल "ओके" मा मैले जान्न चाहेको कुरा भेट्न सकिन।केटा मान्छेहरुको एउटा खराब गुण के हुदो रैछ- उसलाई केहि कुरा सिधा-सोझो तरिकाले भनिदैन भने, ऊ तेस्ता कुराहरुलाई केलाएर विश्लेषण गर्न सक्षम हुदैन। मैले ऊ प्रति देखाएको इच्छुकताको प्रतिउत्तरमा म प्रतिको तेस्तै रुचि खोजिरहेको थिएँ उसको त्यो "ओके" मा, जुन मैले पाउन सकिन।
उसको मनको कुरा जान्न फेरी मैले केहि प्रश्नहरू तेर्साएं, " तिमि नर्स पढ्दै छौ है? कुन यर हो? पढाई सकिन्ने बितिकै बिहे गर्ने विचार हो?"
पहिलो प्रस्न नभए पनि पहिलो भर्चुअल भेटमै बिहेको कुरा निकाल्दा जो कोहि केटिलाई पनि असहज महसुस हुने सोभाबिक हो।तेसै कारणले होला पहिलो दुई प्रस्नलाई उछिन्दै , " बिहेको बारेमा त सोचेको छैन। ", भनेर रिप्लाई आयो।
"बिहे गर्ने सोच नै नभए किन प्रोफाइल शेर गरेकी होला त ?", मन मनै सोच्न थालें। छोरि मान्छेहरु १९ सकेर २० लागे भने घरमा आमा बाउको छोरि प्रतिको चिन्ता पनि २० गुना बढ्न थाल्छ भन्छन्। तेही पिरले नै होला आफ्नो छोरिको प्रोफाइल शेर गर्न बाध्य बनेका उसका आमा बुवा।
के तेइ बाध्यताकै कारण मेरो फ्रेन रिक्वेस्ट एसेप्ट गरेकी हो त ? के तेइ बाध्यताले नै गर्दा त्यो "ओके" रिप्लाई आको हो त ?-आदि इत्यादी कुरा जान्न फेरी मैले प्रस्न सोधें,"यो कुरा मम्मी बुवालाई भनेनौ त ?"
"भनेको हो तर एकचोटी भएपनि कुरा गरेर हेर भन्नु भो। कुरा गर्दैमा केहि बिग्रिदैन भनेर भन्नु भो।"
"उसो भए के गर्ने त अब? तिमीलाई बिहे गर्ने मन नै छैन रैछ। "
"खै, मलाई थाहा छैन। "
अध्याय ३
बिछोड
"होईन हो, कति हेरिरा तेइ केटिलाई ? लभ पर्ला फेरी", साथीहरुले जिस्काएर भन्ने गर्थे मलाई, "यसलाई त जो देखे नि लभ पर्छ "।
"हेर केटा हो , जे जोस्तो भए नि चस्मा लाकी चै हुनु पर्छे , आफुलाई फेरी चस्मा लाकी भने पछि यस्तै हो। ",म पनि जिस्काएर फर्काउथें ।
ऊ पनि चस्मा लाउन थालेकी थी- तर पढदा मात्र।
"आज कहाँ बिजी भयौ नि ?", मैले एकदिन प्रस्न सोधेको याद छ।
"आखा चेकप गराउन गाको थिएँ , चस्मा लाउनु पर्ने भएछ। "
"होर? कस्तो चस्मा लेर आयौ नि ? फोटो पठाउन मिल्छ ?"
हाम्रो दुई महिनाको सम्बन्धमा मैले उसबाट पाएको तेइ एउटा तस्बिर थियो - सेतो स्टीलको फ्रेममा त्यो गोलो चस्माको तस्बिर। हुन त उप्रतीको आकर्षण पनि उही उसका प्रोफाइलमा राखिएका तस्बिरले गर्दा नै थियो। तर ऊ वास्तवमा कस्तो देखिन्थी"खै, मलाई थाहा छैन। "
मेस्स्नेजरको च्याट र भाईबरको अडियो कलमा मात्र सिमित रहयो हाम्रो सम्बन्ध।
"भिडियो कलमा आउन मिल्दैन र ?"
"मलाई भिडियो कल गर्न अफ्ठ्यारो लाग्छ। "
"अनि तिम्ले मलाई नदेखी, मैले तिम्लाई नदेखी एक अर्कालाई कसरि चिन्ने, कसरि बुझ्ने त?"
"किन चिन्नु पर्यो र ? किन बुझ्नु पर्यो र अहिले नै ?"
"अहिले नभए कहिले त ?"
"खै, मलाई थाहा छैन। "
कहिले एकअर्कालाई बुझ्ने प्रयास गरूम भन्दा "ओके " त कहिले "किन बुझ्नु पर्यो र अहिले नै " भन्ने- यो उसको लागि एउटा खेल भएको महसुस हुन थाल्यो। "खै, मलाई थाहा छैन। " मा हाम्रो प्राय च्याट टुंग्याउने उसको अपरिपक्व प्रवृतिले उप्रतीको आकर्षण बढाउन मदत गरेन। ऊ तेही चाहन्थी कि "खै, मलाई थाहा छैन। " ।
उसको मनको कुरा बुझ्न नसकेपछि, म मेरो भाई र बहिनिको सहयोग माग्न बाध्य भएँ।
मथुरा निनि को छोरि को एकजना छोरा र एकजना छोरी थिए - हामी संगै हुर्केका ।मेरो उसंग कुरा हुदै गरेको सप्लाई थाहा थियो।
"के छ तिम्रो बहिनिको मेरो बारेमा विचार ? उसले केहि भनेकी छे ? एकचोटी सोध त के भन्छे। ",बेला बेलामा यस्ता प्रस्नहरु गर्थ्यें मेरा भाई बहिनिसंग। तर अफसोस जहिले पनि "तपाईको बारेमा कुरै गर्न मान्दिन ऊ " भनेर जवाफ आउथ्यो।
केहि सिप नलागेपछि उसंगै सिधै प्रस्न सोध्ने विचार गरें।
"तिम्लाई म मन नपरेको हो त ? कुरा पनि राम्ररी गर्दैनौ। ", मैले झर्को नमानी प्रस्न गरें।
" तेस्तो केहि पनि होईन। "
"अनि राम्ररी कुरा किन गर्दैनौ त ?"
"साच्ची भन्नु पर्दा, मैले बिहेको कुरा सोचेकै छैन। मेरो पढाई पहिला सकाउनु छ , अनि सकाएर काम पनि गर्नु छ। तपाई त विदेश नै बस्ने हो नि होइन र ?"
" हो। तिमि नेपालमै बस्ने विचार गरेको हो ?"
"त्यो पनि मलाई थाहा छैन। मैले विदेश जाने विचार पनि गरेको छैन एउटा त। तेस्मथी तपाई को ग्रीन कार्ड कहिले आउने हो केहि ठेकान छैन। तपाई को फ्युचर नै पक्का छैन , म कसरि बिहे गर्ने कुरा पक्का गर्न सक्छु र ?"
"नेपालमै बस्ने भए, म पनि नेपालमै आएर बसुला नि संगै। पछि बाहिर जाने विचार गर्छौ भने अस्ट्रेलिया नै जूला नि देपेंन्देंतमा। हुन्न र ?"
"खै, मलाई थाहा छैन।"
येही थियो हाम्रो अन्तिम संवाद - औपचारिक अन्तिम संवाद नभए पनि वास्तविक अन्तिम संवाद।
बिगत केहि दशक देखि अमेरिकामा सेल कल्तिभेसन, नर्थ कोरियामा न्युक्लियर कल्तिभेसन र नेपालमा नर्स कल्तिभेसनको होडबाजी चल्दै आएको थियो । आमा बुवाले आफ्ना छोरिहरुको लागि "अमेरिकन ड्रिम" देख्नु कुनै आस्चर्यजनक कुरा थिएन- जुन "अमेरिकन ड्रिम" एस.एल.सी सकेपछि पी.सी.एल नर्सिङ्गबाट सुरु भएर अमेरिकामा कित तेकस्सको दयालस कित न्यु योर्क अथवा क्यालीफोर्नियामा गएर तुन्गीन्थ्यो। पहिलो कारण थियो ,सोहि "अमेरिकन ड्रिम"को आस्वासन मबाट पाउन नसकेको ऊ नर्सले र अर्को कारण थियो उसले पठाएको त्योअन्तिम मेस्सेजमा।
"तपाईं म भन्दा ४-५ वर्ष ठुलो हुनुहुन्छ, मलाई कुरेर नबस्नु, तपाईंको उमेर भैसक्यो, मेरो केहि ठेकान छैन। तेही भएर प्लिज मेरो बारेमा बिर्सिदिनु। तपाईंसंग कुरा गरेको मेरो मम्मी बुवाको कारणले मात्र थियो। प्लिज घरमा पनि भन्दिनु होला। आई याम सरी। "
तिरस्कार र अहमको जन्जिरले "ईत्स ओके " भनेर रिप्लाई फर्काउन पनि सकिन। फर्काउन मन पनि थिएन कि - त्यो झुठो रिप्लाई।
अध्याय ४
"रेन"
तिन महिनाको अन्तरालमा तिनचोटी अडियो कल र पाँचचोटीको मेस्सेंजर च्याटपछि जुन निलो अयापबाट सुरु भएको सम्बन्ध थियो, तेही सम्बन्ध तेही निलो मेस्सेंजर अयापमा गएर तुङ्ग्याउन बाध्य भएँ । जाँदा जाँदै उसले मभित्रको आत्मविश्वासलाई कम्जोर बनाएर गएकी थिईन। म आफुले आफुलाई , कुनै चलचित्रको अभिनेता नभए पनि, एउटा सक्षम, जिम्मेवारबोध र रूप रंगले पर्याप्त भएको ठान्थें। सायद अझै केहि महिना बदि चिनजान भएको भए मभित्रको त्यो संवेदनशीलता, विचारशीलता र मायालु स्वोभावले उसको मन पग्लिन्थ्यो कि।तथापि उसलाई कुनै दोष दिन मनले उचित ठानेन। ऊ आफ्नो विचारमा सहि थिईन , म आफ्नो विचारमा। यो वास्तविकता हुदा हुदैँ पनि तीतो मनले दोष दिन आफै तिर फर्कियो।
"यो सब जे भयो तेस्मा मेरो गल्ति केहि छैन। यो त म जन्मेको दिनको नक्क्ष्यत्रको दोष हो। ", सो वियोगलाई लिएर म मेरो जन्म दिनलाई धिकारदै थिएँ।
अज्ञानी म ! मलाई कहाँ थाहा थियो र, ब्रह्माण्डले मेरो लागि अर्कै भविष्य रचना गर्न सुरु गरिसकेको रहेछ ।जुन भविष्य मेरो भाग्यको अंश बन्ने थियो। अहिले सम्म जुन नक्क्ष्यत्रको दोष देखाउदै थिएँ , तेही नक्क्ष्यत्र मेरो जीवनको सबभन्दा महत्त्वपूर्ण पक्ष बन्ने थियो- अज्ञानी म !मलाई कहाँ थाहा थियो र, कार्तिक सुक्ल पक्क्ष्यमा जन्मेको म , मसंग ३२ मा २९ गुण मिल्ने कोहिले मलाई फेसबुकमा रिक्वेस्ट पठाउदै छे भनेर- "अड्ड फ्रेन्ड" गर्दै छे भनेर !!! मलाई कहाँ थाहा थियो र, म उसको मायामा एति धेरै डुब्छु भनेर, कहाँ थाहा थियो र ऊ पनि उत्तिनै दुब्छे भनेर।
म कबि पनि थिएँ, मलाई थाहा थिएन। म उपन्यासकार पनि थिएँ, मलाई थाहा थिएन। म हास्यकलाकार-चित्रकार-संगीकतकार पनि थिएँ, मलाई थाहा थिएन।मलाई आफ्नो बारेमा धेरै कुरा थाहा थिएन, उलाई नचिनुन्जेल- उसले मलाई कबि बनाई, उपन्यासकार, हास्यकलाकार, चित्रकार, संगीकतकार सबै बनाई, एउटा साधारण मान्छेबाट।र बनाई एउटा दुखि प्राणीलाई संसारकै सबभन्दा खुसि मान्छे, जसलाई एति सम्म खुसि हुन सकिन्छ भनेर थाहा थिएन ।
उसको अस्तित्वको त्यो दिन ज्ञान भयो जुन दिन मेरो तेइ ७ प्लसको फेसबुक एयापमा क्रमिक रुपमा एकजना केटा र अर्को केटि को फ्रेन्ड रिक्वेस्टको नोतिफिकेसन देखा पर्यो-दुवै अपरिचित! दुइ मिनेटको अन्तरमा दुइजना व्यक्तीको रिक्वेस्ट आउनु मेरो लागि सामान्य कुरो थिएन। केटा मान्छे अलिक परिपक्व देखिन्थ्यो भने अर्कीको प्रोफाइलमा दुईवटा कुराहरु मात्र पब्लिक गरिएका थिए - एउटा, मन्दिर को तस्बिर र अर्को उसको नाम ,"रेन" ।
पहिलो रिक्वेस्ट एक्सेप्त गरेर अर्कीको रिक्वेस्ट एक्सेप्त गर्नै लागेको मात्र, "वान म्युच्युवल फ्रेन्ड" देखें- उही पहिले एक्सेप्त गरिसकेको केटा मान्छे नै पो रहेछ। मान्छे कहिले त्रसित हुन्छ? जब ऊ अज्ञानी हुन्छ- नवनिर्मित नवीनतम परिस्थितिको आगंतुक विषयमा , उसले सो कुरालाई बुझ्न सकेको हुदैन। तेस्तै, यो अज्ञात परिस्तिथि जुन यहाँ सिर्जना हुदै थियो, तेस्ले मेरो मनमा पनि एक खालको डर पैदा गर्दै थियो- उत्साहले पैदा हुने डर , एउटा यूफोरिया भनौं।
"को हुन् ईनिहरु? म ईनिहरुलाई चिन्छु र ? के ईनिहरु एकआपसलाई चिन्छन् र ?मलाई किन फ्रेन्ड रिक्वेस्ट पठाका होलान ? के यो पनि मेरै मम्मीकै........?", जस्ता प्रश्नहरूको मनमा ओहिरो लग्न थाले। तर अन्तर्मनमा मलाई ई सबै प्रश्नहरूको उत्तर थाहा थियो र कमसेकम मेरा उत्तरहरु सहि भईदिए हुन्थ्यो भन्ने इच्छा पनि थियो।अन्तः मेरो मनमा लागेका यी सबै शंकाहरु पुष्टि भए जब हाम्रो पहिलो संवाद अभिवादनको "हेल्लो" बाट सुरु भयो।
"के म तिमीलाई चिन्छु र ?"
"आई दोंत थिङ्क सो। ", उताबाट रिप्लाई आईहल्यो।
"उसो भए, डु यु नो मि ?"
"अहँ चिन्दिन। "
यो कस्तो अनौठो प्रथा हो ? नेपालीमा क्वेस्शन सोधे अंग्रेजीमा उत्तर आउने र अंग्रेजीमा प्रश्न सोधे नेपालीमा एन्सर, एकछिन अच्च्मित भएँ। फेरी चिन्दै नचिन्ने भए, किन फ्रेन्ड रिक्वेस्ट पठाउनु? तेस्मथी पनि मेस्सेजको झट्टै रिप्लाई दिनु , " सम्थिंग ईज नट राइट " !
पहिलो फ्रेन्ड रिक्वेस्ट र उबिच के सम्बन्ध छ जान्न सोधें, "अनि,....मान.... लाई चिन्छौ त् ?"
"उहाँ मेरो दाई पर्नु हुन्छ, किन ?"
" उहाँले पनि भर्खर फ्रेन्ड रिक्वेस्ट पठाउनु भाको थियो। "
" तपाईंलाई साच्ची मेरो बारेमा थाहा छैन र ? घरमा केहि भन्नु भएन?"
"छैन त, घरमा कुरा गर्न पाको छैन , किन र ?"
"उसो भए घरमा एकचोटी कुरा गर्नु होला पहिला।"
"तिम्लाई मसंग कुरा गर भनेर कसैले मेरो फेसबुक प्रोफाइल देको थियो र ?"
"अँ। एकजना भाउजुले दिनु भाको थियो।म त तपाईंलाई थाहा होला भनेर सोचेको।कस्तो अक्वार्ड सिचुवेसन् भयो त। "
मान्छेको आफ्नो जिन्दगिका कहिले बिर्सिन नसकिने पलहरु, उसले सोच्दै नसोचेको समयमा, उसले आशा नगरेको परिवेसमा आईपुग्दा रहेछन। मेरो लागि पनि, यो समयमा, यो संवादले सिर्जना भएको यो पल जिन्दगिकै अविस्मरणीय पल साबित हुने, कल्पना पनि गरेको थिएन । तर आज फर्केर हेर्दा, त्यो उसंगको पहिलो संवाद-अलि अजीब भएपनि- मेरो मुटुको ठुलो हिस्सा बनिसकेको छ, यो जीवनको ठुलो हिस्सा बनिसकेको छ।
अध्याय ५
प्रस्ताव
हुन त आधुनिक नेपाली समाजमा, भाद्र महिनामा मनाईने तीजको पर्व, बाहुन र छेत्रीय जातमा मात्र सिमित नभएर नेवार जातिका महिलाहरुमा पनि उतिक्कै लोकप्रिय हुदैँ आएको छ। तेही कारण हुन सक्छ नेवारनी केटिको फेसबुक प्रोफाइलमा पनि तीजको पहिरनमा रातो सारी र माला पोतेमा सजिएको फोटो देख्नु नौलो थिएन, जुन मैले रेनको प्रोफाइलमा देखेको थिएँ। तर नेवारनी भएर होलिन, तीजको प्रथामा विश्वास नभएरै होला सारी लाउनु साटो रातो कुर्ता लाएर उभिएको थिईन उनि-अरु आइमाईहरु बीच। कयौं महिना पछिको कुराकानी र रहस्य खुलाई पछि थाहा भयो- उनलाई सारी नै लाउन आउदैन रहेछ। त्यो कुर्ता लाउनु उनको ईच्या नभएर बाध्यता हुन नि सक्थ्यो- मैले आज सम्म सोध्ने आँत गरेको छैन। आफू दक्क्ष्य नभएको सीपको बारे कुरा गर्न कोइ केटि नरुचाउने थाहा भएरै होला उनलाई त्यो फोटोको बास्तबिकता सोध्ने हिम्मत गर्न सकेको छैन।
मम्मीको आखा कम्जोर भएको र त्यो दिन चस्मा पनि आफ्नो साथमा नभएर होला जब सोहि फोटो पठाएर ,"यो कुर्ता लाको केटिलाई मेरो प्रोफाइल सेर गरेको हो र ? " ,भनेर सोद्धा, " खै कुन केटि हो, मैले त चिनेन। " भनेर उत्तर आउनु आनौठो लग्यो।
" मैले त कसैलाई तिम्रो प्रोफाइल देको छैन त। किन के भयो र ?"
कम्जोर आखाको कारण, त्यो कुर्ता लाकी केटीलाई नचिनेको नभएर, मेरो जोडी बन्दै गरेको कुरोको नै पत्तो रहेनछ मम्मीलाई, जबकि म यो सब मेरै मम्मीको योजना होला भन्ने भानमा थिएँ । यद्यपि मैले तेही बेला बुझिसक्नु पर्ने कि यो भेटमा - यो संयोगमा अरु नै कुनै अलौकिक शक्तिको हात छ, जुन आज फर्केर हेर्दा प्रस्ट देखिन्छ।
"रेन भन्ने केटिले रिक्वेस्ट पथाकी थिई , उसलाई कसैले मसंग कुरा गर्नु भनेर देको रे। "
"कहाँ को हो र केटि ?"
" थैबको रे "
"हॊ त्यो औंटीले दिनुभाको हुन सक्छ।अस्ति पसलमा आएर सोध्दै हुनुहुन्थ्यो तिम्रो बारेमा, बिहेको लागि कोहि केटि भेटियोकि भनेर। "
"अनि ?"
"छैन भने।पहिले कुरा गरेको केटिसंग मिलेन अब अर्कै खोज्दै छु भने। एकजना छ, म कुरा गरेर हेर्छु भन्नुभाको थियो तर फेसबुक नै दिनुहुन्छ भनेर थाहा थिएन। "
म मेरो अज्ञानताको कुरा गर्दै थिएँ अगि भर्खर, र भर्खरै सिर्जना भएको यहाँ- यो अवस्था - यो संयोगलाई लिएर मम्मीको कुरामा देखा परेको आश्चर्यले अझैं अवाक् भएँ म। यो कुनै साधारण परिस्तिथि थिएन, यो कुनै साधारण उत्साह थिएन, र पक्कै पनि कुनै साधारण जिज्ञासा थिएन जब उल्टै मम्मीले ," के कुरा भयो त? कस्ती छे त ऊ?" भनेर सोध्नुभयो ।
बडो वजनबद्ध प्रश्न थियो त्यो।मैले उसलाई चिनेकै ५ मिनेट भन्दा बदी भएको थिएन र अब उसलाई मेरो घरमा चिनाउनु पर्ने जिम्मा ममा नै थुप्रिन पुगेको थियो जुन म पुरा गर्न सक्दिन थिएँ। तर प्रयास त गर्नै पर्ने थियो- मैले पनि उसको फेसबुक प्रोफाइल खोलेर उसका फोटाहरु चियाउन थालें।एक एक गर्दै उसका फोटाहरु हेर्न थालें- कम्तिमा पनि दुई मिनेट लगाई एउटा फोटोमा। सबै फोटाहरुमा ऊ हस्मुख देखिन्थी, उसका ठुला ठुला चस्माहरु उसको निदरिको सहयात्री बनेको पनि देखिन्थ्यो केहि केहि फोटाहरुमा।
"ऊ पनि फोटोमै निदाउने रहीछे। ",आफ्नो पनि फोटो खिच्दा आँखा चिम्लने बानि भएको सम्झना गर्दै मनमनै मुस्कुराउन थालें।
"तर कस्तो मतलब नगरेकी होली। आखा चिम्म भएका फोटाहरु पनि हालेकी फचेबुकमा।", मनमनै जिज्ञासा बढ्दै थियो।
कुनैमा यत्रो मुख खोलेकी छे,कुनैमा पाउत गरेकी छे, कुनैमा हासोलाई लुकाएर हास्न खोजेकी छे,पुराना फोताहरुमा धेरै दुब्ली र अचेलकाहरु चाहिँ अलिकति खाईलाग्दा- जे जस्तो भए पनि २१ औं शताब्दीको आधुनिक केटीले फेसबुकमा राख्ने फोटाहरु थिएनन् ती। तर पनि ऊ खुसि देखिन्थी।मजस्ता अरु जो कोहिले पनि ती फोटाहरु हेरेर के भन्लान, के सोच्लान भन्ने डर उसमा पटक्कै देखिदैन थियो। त्यो डर मैले आजसम्म उसमा कहिले पनि देखिन ।यो उसको परिपक्वताको उज्यालो संकेत हो भन्ने बुझ्न मलाई धेरै बेर लागेन र यही कुराले मेरो मनमा डेरा जमाईसकेको-धड्कनको गति बढाउन थालिसकेको थियो- मैले पत्तो पाईन।
उसका लुगा लवजहरु- जिन्समा स्वेटर, स्वेटरमा कोट, जिन्समा स्यान्डल, ज्याकेटमा फ्रक र बुट - यो कस्तो झिल्ली कम्बो हो ? न मिनिस्किर्ट न स्लिभलेस न शोर्ट्स- मैले केहि बुझ्न सकिन। हरेक तस्बिरले उसको बारेमा मलाई नयाँ कुराहरु बताउनु त पर झन् उसलाई रहस्यमय बनाउदै थियो।
"कस्तो फ्यासन सेन्स नभाको होला त यो केटिको। आजको दुनियामा पनि यस्तो केटि पाउन सकिन्छ र ?", मलाई विश्वास गर्न धेरै गाह्रो हुदैँ थियो।
अविश्वासको भावना भन्दा पनि खुसिको भावनाहरु फुर्न थालेका थिए यो मनमा किनकि म पनि उस्तै थिएँ। यो कुरा , एउटा २८ बर्षिय नोजवनबाट आउनु अलिकति लाजमर्दो हुनसक्छ तर बास्तबिकता येही हो कि मलाई पनि के लुगा लगाउदा कस्तो देखिन्छ, के सुहाउँछ, के सुहाउँदैन - केहि थाहा छैन।र जब मैले आफ्नै प्रतिबिम्ब उसका ती तस्बिरहरुमा देखें, मनले खुसि थाम्न सकेन र खुसिका दुई थोपा झरिहले। हो उसको फ्यासन सेन्स पटक्कै छैन र दुनियालाई नराम्रो लाग्न सक्ला उसको त्यो पहिरन तर मेरो लागि ऊ जस्ती राम्री, ऊ जस्ती सुन्दर कोहि भैसकेको थिएन।
त्यो छोटो अन्तरालमा उसंग यस्तो आकर्षणमा फसिसकेको थिएँ कि कहिले उसंग बोलुं, कहिले उसको आवाज सुन्न पाऊं भैसकेको थियो।
कोहि केटिप्रति यस्तो आकर्षण कहिले पनि महसुस गर्न पाएको थिएन मैले - यो नौलोपन के थियो, यो धड्कन किन बढ्दै थियो र किन डुब्दै थिएँ उनका तस्बिरहरुमा म- पत्तै पाईन ।
अहिले पनि उनका आखाहरुमा उस्तै गहिराही पाउछु जुन गहिराही मैले ति तस्बिरहरुमा पाएँ - जुन गहिराहिको कुनै अन्त नै छैन- एति गहिरो कि दुब्ब्दै जाँदा उसलाई घरमा चिनाउनु पर्ने कुरा मन मस्तिस्कबाट हराईसकेको थियो ।ऋषि वेदहरुले बाहेक उनलाई वर्णन गर्न अरु कोहि सक्क्ष्यम हुन नसक्ने बुझेर, उनका केहि तस्बिरहरुलाई मम्मीको मेसेन्जरमा सेर गर्न बाध्य भएँ।
"ल मैले फोटो पठाएँ मेसेन्जरमा, उही हो रेन (जसले अबको केहि महिनाको त्यो आत्मिय चिनजान पछि "आई लाईक ईऊ" भन्नेछिन् तपाईंको छोरालाई र प्रतिउत्तरमा " आई लभ ईऊ" पाउनेछिन् )।"
अध्याय ६
२९/३२
दाईको सम्भवत हुनसक्ने भाउजु जुरिसकेको कुरा सिड्नीमा बहिनिलाई समेत थाहा भैसकेको रहेछ। बुवालाई फरवार्ड गरेका ति केहि तस्बिरहरु बहिनीको मागमा, इन्स्तामा पनि फरवार्ड गरियो।
"के लाग्यो त तँलाई ? कोस्तो लाग्यो तेरो भाउजु ?"
चिनजान भएर बोल्न थालेको केहि हप्ता त बितिसकेको थियो, तैपनि एति छिटो "भाउजु" शब्दको प्रयोग गर्नु कसैले उचित नहोला भनेर तर्क राख्न सक्छ तर यी केहि हप्तामा उनलाई जति बुझियो जति चिनियो - त्यति नै गहिरो सम्बन्ध पलाईसकेको थियो हामीबीच र येही कारणले हो सो शब्दको प्रयोग गर्न केहि अफ्ठ्यारो लागेन - अन्तरआत्माले नै उनलाई आफ्नो थानिसकेको भएर पनि होला, उनलाई बहिनीको भाउजु भनेर सम्बोधन गर्न गार्हो लागेन।
"हेर्दा सिम्पल देख्नुहुन्छ। राम्री देख्नुहुन्छ। तपाईंलाई कस्तो लाग्यो नि ?"
"मलाई नराम्रो लागेको भए ति तस्बिरहरु सेर गर्दिन थिएँ होला । , मन मनैबाट कुरा फर्काएँ ।
"मलाई पनि राम्री लग्यो। धेरै सोझी छे , कुरा गर्न धेरै मेचुवर्ड तरिकाले कुरा गर्छे। फ्र्यांक पनि छे।अरु भन्दा बढी उसको इनोसेंन्स धेरै मन पर्यो। "
"ल बधाई छ दादा। चाडै कुरा फिक्स गरेर बिहे गरिहाल्नु। "
"कुरा फिक्स त अब घरबाट गर्न लाउनु पर्छ नि। मम्मी बुवालाई एकचोटी भेट गरि हेरेर आउनु भन्छु अनि, मम्मी बुवालाई चित्त बुझ्यो भने कुरा फिक्स गर्न लाउनु पर्ला। "
" गुड आईडिया। "
लगतै रेनको घरबाट औपचारिक पारिवारिक भेटको निम्तो आयो र अर्को हातपा तय भएको त्यो दिनमा घरबाट जेठो मामालाई पनि लिएर जाने कुरा भयो। जेठो मामा नै किन ? मामाको सबभन्दा प्यारो भान्जा नै म भएर होला कि।
तसर्थ जानु एकदिन अगि, " गएर रेन कस्ती छे, उ कस्ती देखिन्छे , हाईट कत्रो छ , काली छे कि गोरी छे , कतिको राम्ररी कुरा गर्छे, यो सबै हेरेर-राम्ररी बुझेर आउनु है ?", भनेर निर्देशन पनि दिईयो मम्मी बुवालाई।
म त सिम्पल मान्छे, मलाई इम्प्रेस पार्न अरु केहि चाहिंदैन केवल हासेर दुई शब्द मिठो बोलिदिए पुग्छ। तर मेरो मम्मी बुवा र तेस्मथी मेरो मामालाई पहिलो भेटमै इम्प्रेस पार्ने मान्छे मैले देखेको थिएन - र कमसेकम त्यो दिन सम्म। खै रेनले त्यो दिन के भनि, कस्तो जादु गरि होलि- मलाई थाहा छैन तर , जब मम्मी बुवा घर फर्केर मसंग कुरा गर्न कल गर्नुभो - उहाँहरुको अनुहारमा अर्कै तेज देखिन्थ्यो।
"हामीले कुरा फिक्स गरेर आयौं। चिना पनि मागेर ल्याएको छु, जुराउन। हामीलाई त रेन धेरै मन पर्यो - ऊ भन्दा सुशील, राम्री , हस्मुख र व्यवहारिक केटि तिम्लाई भेताउन गाह्रो हुन्छ। राम्ररी कुरा गर अब, कुनै हालतमा पनि अब अरु केटि नहेर्ने । बुझ्योउ नि ?"
मम्मी बुवाको त्यो खुसि देखेर म आँफै आश्चर्यचकित थिएँ। जुन कुरा मैले भन्नु पर्ने थियो, सोहि कुरा मम्मीको मुखबाट सुन्न पाउनु, त्यो भन्दा ठुलो हर्ष मेरो लागि केहि भएन।
"अब अर्को सनिबार चिना देखाउन जान्छु दुबैको अनि क भनछन् हेरौंला। ", मम्मीले भन्नुभो।
यो चिना देखाउनु पर्ने कुरामा म पटक्कै सहमत थिएन। त्यस्ता कतिपय प्रेम काहानीहरु तेही चिनाकै कारणले टुटेको हामीले जतासुकै देख्न सक्छौं । त्यसको एउटा जल्दो बल्दो उदाहरण थियो मेरै रुममेट दाई। उहाँले नेपालमा एकजना केटि मन पराउनु भएको २ वर्ष कतिसकेको रहेछ । बिहेको कुरा छिन्न, घरबाट चिना देखाउदा, नमिलेपछि उनीहरुको सम्बन्ध बिच्छेद भएको थियो। चिनामा, येदि तिनीहरु बिहे गरिहाले भने दुईजनमा एकजनाको अकालमै मृत्यु हुने देखिएको रे।
यस्ता बकम्फुसे कुरा जान्नु भन्दा नजान्नु नै राम्रो भनेर रेनको र मेरो चिना देखाउनु पर्दैन भन्दा भन्दै पनि घरमा मम्मी बुवा मान्नु भएनन्।
"केहि दोष देखिएछ भने पुजा गरेर, भाकल गरेर मिलाउन मिल्छ। ", भन्थे।
यो डर किन भन्दा म रेनलाई कुनै पनि हालतमा गुमाउन चाहन्न थिएँ। तर ब्रह्राण्डको सिर्जना हेर, ३२ मा २९ गुण मिल्न पो पुगेछ। एउटा सुखिमय दाम्पत्य जीवन बिताउन केटा र केटिबिच १० ओटा गुण मिले पुग्ने रे। २९ ओटा गुण मिलेको देखेर जोतीष पनि आश्चर्यचकित परेको कुरा मम्मीले सुनाउनु भयो।
"एस्तो त लाखौँमा एउटा हुन्छ रे- एति धेरै गुण मिलेको त। मैले पनि देखेको छैन ३२ मा २९ ओटा गुण मिलेको जोडी भन्दै हुनुहुन्थ्यो जोतीष पनि। ", मम्मी खुसि भएर सुनाउंदै हुनुहुन्थ्यो। म पनि खुसि भएर सुन्दै थिएँ। दंग्ग पर्दै।
अध्याय ७
कल्पना !
ऊ मनगढन्ते हुँदो हो, मनचिन्ते बिचारले तर्कना पनि गर्न जान्दो हो; आफ्नो मन बहलाउन भएपनि - ऊ सक्दो हो यो सबै गर्न कल्पनाको आडमा। यद्यपि आफूले नदेखेको, नसुनेको कुरा अजमाउन नसक्ने हो भने, कसरी ऊ हाँस्न सक्थ्यो, ऊ कसरी बाच्न सक्थ्यो - आफ्नो प्राण बनिसकेकि प्रेमिकाबाट टाढा रहेर । सगरमा १०९ पुर्णिमा आएर पनि फर्के। ऊ कयौं प्रेम सन्देशहरु त्यहि पुर्णिमाको जून मार्फत साट्ने गर्दै रह्यो र अझै पनि ऊ भेट हुने दिन गन्दै अर्को पुर्णिमाको प्रतीक्षामा आकाश तिर हेर्दै तोलाईरहेको देखिन्छ। वरिपरी सम्झनाका अग्ला हाँगाहरु र माझमा ऊ- धैर्यको प्रतिबिम्ब।
Tespachi k bho? I am so excited to know.
ReplyDeletetespachi .....
DeleteNikai ramro kahani aghi badhdai cha. Loving it.
Deleteयो कहिले नसकिने कहानी हो ...आउने युगले पनि जारि राख्नेछ यो कहानीलाई ।
DeleteHait. K saaro expert vako sabda haru khelauna yo manxe. Nice dude.
ReplyDelete😊😊😊😁😁😁
ReplyDelete